घट्यो सुनको मूल्य

न्युजलय २२ असार २०८०, शुक्रबार १२:३२ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) सुनको मूल्य सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० कायम भएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३९५ रूपैयाँमा कारोबार भएको थियो ।