विभिन्न हातहतियारसहित सुनसरीबाट दुई जना पक्राउ

न्युजलय १३ पुस २०७८, मङ्गलबार ०२:०६ मा प्रकाशित

सुनसरी । कोशी गाउँपालिका–१ लौकहीस्थित बिएस होटलबाट हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

२ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली, २ हजार भारतिय रुपैँया, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत अररिया पञ्चायत बासमटिया–६ बिहार बस्ने ३५ वर्षीय विधानन्द राम र पञ्चायत बासमटिया–२ बस्ने ३१ वर्षीय हासिम अंसारी रहेका छन् । 

ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त हातहतियार र उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।