काठमाडौं । लोकप्रिय अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।
भारतको आगरामा भएको फेस्टिभलमा अभिनेता खड्काले ‘प्रेमगीत ३’को हिन्दी संस्करण तर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।
अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरू यतिबेला आगरामा छन् ।