इटहरी । बराह ग्रुपले ८ करोडको लगानीमा सिनेमा हल संचालनमा ल्याउने भएको छ । बराह ग्रुप अफ कम्पनीले सुनसरीको धरानमा अत्याधुनिक सिनेमा हल सञ्चालनमा ल्याउने भएको हो ।
केही समयअघि मात्रै खरीद गरेको गोर्खा डिपार्टमेन्ट स्टोरको भवनमा बराहले एक नम्बर प्रदेशकै अत्याधुनिक सिनेमा हल बराह मुभिज् सञ्चालनमा ल्याउन लागेको कम्पनिले जनाएको छ । बराह ग्रुपका जनसम्पर्क प्रमुख सुरेन्द्र सिंह विश्वकर्माका अनुसार बराह मुभिज्मा थ्रिडी, फोर के कृष्टि प्रोजेक्टर हुनेछ ।
सिनेमा हलमा एड्भान्स जेबिएल साउण्ड सिस्टम, बब्ली एट्मोस प्रोसेसरको हुनेछ भने सुतेर हेर्न मिल्ने मोटोराईज्ड रिक्लाइनर चेयरसमेत रहनेछ । सिनेमा हल आगामी २ महिनाभित्र संचालनमा आउने विश्वकर्माले बताए । करिब ३ सय सिट क्षमताको सिनेमा हलमा आकर्षक क्याफेटेरिया रहनेछ भने अनलाइनबाटै सिनेमाको टिकट काट्न सकिने व्यवस्था समेत रहने विश्वकर्माले बताए ।
पछिल्लो समय आरामदायी र सुविधायुक्त सिनेमा हलमा फिल्म हेर्नेको जमात बढिरहेको बेला धरान तथा पूर्वाञ्चलबासीका लागि विश्वस्तरीय सेवा प्रदान गर्न लागिएको विश्वकर्माले बताए ।
प्रदेशकै ठूलो जिमहल
यसैगरी बराह ग्रुपले संभवतः प्रदेश १ कै ठूलो जिमहल समेत सञ्चालनमा ल्याउने भएको छ । ५ करोडको लगानीमा अत्याधुनिक जिम हल सञ्चालन गर्न लागिएको हो । ५ हजार ७ सय स्क्वाएर फिटमा रहने जिमहलमा एकैपल्ट सयौंले एक्ससरसाइज गर्न सक्नेछन् । जिम हलमा प्रोफेसनल तथा सप्लीमेन्ट्री ट्रेनर समेत रहने छन् ।
बालबालिकाको लागि चिल्ड्रेन वल्र्ड
यसैगरी बराह ग्रुपले केही समयमै उक्त भवनमा बालबालिकाको लागि ‘चिल्ड्रेन वल्र्ड’ समेत सञ्चालन गर्ने भएको छ । ‘चिल्ड्रेन वल्र्ड’मा बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पछिल्लो समय अत्यावश्यक बन्दै गएका आधुनिक खेलका साधन रहनेछन् जहाँ बाल बालिकाले खेलेर नै धेरै कुरा जान्ने अवसर पाउँछन् । ८ करोडको लागतमा निर्माण हुने ‘चिल्ड्रेन वल्र्ड’ मा बालबालिकाका लागि मनोरञ्जन सँगै शैक्षिक ज्ञान दिने गेमहरु रहनेछन् । साथै विभिन्न शारीरिक व्यायमयुक्त खेलहरु पनि रहनेछन् ।
कफि तथा हुक्काबार
बराहले धरानमा १ करोडको लगानीमा ‘ह्याप्पी गो लक्की’ कफी तथा हुक्काबार समेत सञ्चालनमा ल्याउने भएको छ । पूर्वका कफी पारखि तथा हुक्काका शौखिन ग्राहकलाई ध्यानमा राखि ‘ह्याप्पी गो लक्की’ सञ्चालन गर्न लागिएको हो । ‘ह्याप्पी गो लक्की’ लाई नेपाली कफीको ब्राण्डनै बनाउने योजना समेत रहेको जनसम्पर्क प्रमुख सुरेन्द्र सिंह विश्वकर्माले बताए ।
मौलिक परिकारको फुड कोर्ट
बराह गुरुपले नेपालमै पहिलो पटक विभिन्न संस्कृतिका मौलिक परिकार पाइने ‘फुड कोर्ट’ को काउन्टर सञ्चालन गर्ने भएको छ । बहुभाषी, बुहजातिय परम्परागत सांस्कृतिक परिकारको प्रर्वद्धन गर्ने योजना अन्तरगर्त ‘फुड कोर्ट’ सञ्चालन गरिने भएको हो । जहाँ विभिन्न जाति, संस्कार र संस्कृतिका परिकारहरुको स्वाद लिन पाईनेछ ।
म्युजिक स्टोर
बराह ग्रुुपले धरानमा ‘म्युजिक स्टोर’पनि सञ्चालनमा ल्याउने भएको छ । नेपालको मौलिक बाजाको संरक्षण, प्रवद्र्धन गर्न र आधुनिक बाजाहरुको विक्रिवितरण गर्न ‘म्युजिक स्टोर’ सञ्चालन गरिने भएको हो । जहाँ विश्वमास्तरीय ब्राण्डहरुको ओरीजिनल म्युजिक इन्स्ट्रुमेन्ट ग्यान्रेण्टीका साथ उपभोक्ताले सहजै खरिद गर्न सक्नेछन् ।
त्यसैगरी, बराहले आधुनिक ब्राण्डेड लत्ता कपडा, स्पोर्टस वेयर, सर्टिङ सुटिङ, लेडिज जेन्स र बालबालिकाका लागि जुत्ताचप्पलहरु तथा मौलिक परम्परागत लत्ता कपडाहरुको समेत विक्रिवितरण गरिरहेको छ । बराहमा कुनै पनि जाति, पर्व र समुदायका भेषभुषाहरुको लत्ताकपडाहरु सुपथ मुल्यमा पाईन्छ ।
जारी छ, लक्की बम्पर उपहार योजना
बराह ग्रुप अफ कम्पनीको प्रस्तुती बराह लक्की बम्पर उपहार योजना अन्तर्गत नुन देखि सुन सम्मको खरिदमा १ किलो सुन र सानदार कार सित्तैमा भाग्याशाली ग्राहकले पाउने भएका छन् । यस योजना अन्तर्गत ग्राहकहरुले बराहमा नुन देखि सुनसम्मको खरिदमा यस योजनामा सामेल हुन सकिनेछ । साथै भाग्यशाली ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सकिनेछ । साथै बराह स्पेसल डिसकाउन्ट कुपन संगै बराह लक्की पर्सन अफ द डे पनी बत्र सकिनेछ ।
बराह लक्की बम्पर उपहार योजना अन्तर्गत १ किलो सुनको लक्की ड्र मा देशै भरीका बराहको शाखामा ५० हजार भन्दा माथिको सुन खरिद गरे बापत यस बराह लक्की बम्पर उपहार योजनामा सरिक हुन सकिनेछ । त्यसैगरी, निसान ब्राण्डको म्यागनाईट कारको लक्की ड्र मा देशै भरीका बराहको शाखामा रहेको सुनभन्दा बाहेकको सेवा जस्तै बराह डिर्पाटमेन्ट स्टोर ,बराह फेमिली किचेन, बराह ट्राभल्स एण्ड टुर्स लगायत अन्य सेवाहरुको ५ हजार भन्दा माथिको खरिद गरेबापत ग्राहक महानुभावहरुले यस बराह लक्की बम्पर उपहार योजनामा सरिक हुन सकिनेछ ।
यस्तैगरी, बराह स्पेसल डिसकाउन्ट कुपन देशै भरीका बराहको शाखामा उपलब्ध सेवामा हरेक कारोबारमा यस कुपन पाउन सकिनेछ । यस कुपनले हरेक बिलमा ग्राहकहरुलाई बिशेष छुट उपलब्ध गराउनेछ । त्यसैगरी, बराह लक्की पर्सन अफ द डे अन्तर्गत देशै भरीका बराहको शाखामा उपलब्ध रहेको सुन भन्दा बाहेकको सेवामा हरेक बिलमा एउटा स्क्राच कुपन पाइन्छ । जसलाई स्क्राच बक्स देखि ग्राहक महानुभावहरुले तात्र सक्नेछन् । जसमा १ देखि ८० प्रतिशत सम्मको छुट पाउनुको साथै स्क्राच कुपनमा फ्री पाइए सितैमा सेवा लिन सक्ने ग्रुपका मिडिया कोर्डिनेटर प्रमोद प्रोर्तेलले बताए ।
२८ वर्षअघि सामान्य सुन पसलबाट शुरु भएको बराहले पछिल्लो समय सुनचाँदी सँगै दुई दर्जन बढी व्यापार व्यवसायमा लगानी गरिरहेको छ । डिपार्टमेन्ट स्टोर, कृषि, सहकारी, यातायात, ट्राभल्स एण्ड टुर्स, फेमिली किचेन, रेमिटान्स, रेकर्डिङ्ग स्टुडियो लगायत विभिन्न क्षेत्रमालगानी गरी हजारौ व्यक्तिलाई रोजगारी दिन सफल बराह ग्रुप अफ कम्पनीले धरान, काठमाडौं, पोखरा, चितवन, धनकुटा भेडेटारमा आफ्ना शाखाहरु स्थापना गरेको छ भने विदेशमा हङकङ, यूके, यूएईमा समेत सेवाहरु विस्तार गरेर ग्राहकलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।