खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा १२ सम्म निशुल्क शिक्षा लागू गरेको छ । यसै शैक्षिक सत्रबाट निःशुल्क शिक्षा लागू गरेको हो ।
उक्त नगरपालिकाले कार्यविधि नै पारित गरी कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको नगरप्रमुख विमला राईले बताइन् ।
‘परीक्षा व्यवस्थापन तथा शून्य शुल्क कार्यान्वयन कार्यविधि २०७९’ पारित गरेर नगरक्षेत्रभित्रका सबै मावि तहका विद्यालयमा निःशुल्क शिक्षा सुरु गरिएको राईले बताइन् ।’
नगर क्षेत्रभित्रका १२ माविमध्ये कक्षा १२ सञ्चालन भएका १० वटै विद्यालयमा निःशुल्क शिक्षा सुरु गरिएको हो ।