झापा । एकै रातमा चार वटा पसलको सटर फोडेर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । झापा शिवसताक्षी नगरपालिका– ५ आमबाडी बस्ने वर्ष ५६ को सविलाल खवासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शिवगंज बजारमा ४ वटा सटर फोडी चोरी भएको गुनासो आएपछि इलाका प्रहरी कार्यालय शिवगञ्जमा प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न खवासलाई चोरी भएको सामानहरु, नगदसहित पक्राउ गरेको हो ।
चोरीमा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित पक्राउ परेका खवासविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।