ओखलढुंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

न्युजलय २३ असार २०८०, शनिवार ०१:१३ मा प्रकाशित

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार(आज) विहान स ७ प ८६८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक मानेभञ्ज्याङ गाउँपालिका–५ का ३५ वर्षीय उत्तम राई र मोटरसाइकलको पछाडि बसेका सोही स्थानका ३९ वर्षका दान बहादुर श्रेष्ठ घाइते भएका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका ५ को हिट्टी भन्ने स्थानको दक्षिण तर्फबाट उत्तर तर्फ आउने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु, ओखलढुङ्गा पठाइएको छ । हाल उनीहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।