इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय १४ जेठ २०८०, आइतबार ११:११ मा प्रकाशित

 इलाम । इलामको सूर्योदय नगरपालिका –१४  मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । 

वडाकार्यालय नजिकैको घर रहेको मोहन राईलाई आज बिहान करेन्ट लागेको थियो । घर नजिकै काब्राको बोटमा  घाँस झार्ने क्रममा उनलाइ करेन्ट लागेको थियो ।

विद्युतको नग्न तारमा घाँसको डालाबाट ११ हजार भोल्टको करेट सर्दा रुखबाट खसेका राई गम्भीर घाईते भएका थिए।

घाइतेलाई थप उपचारको क्रममा  तत्काल फिक्कल हस्पताल पुर्याईएको थियो उपचारको क्रमममा मृत्यु भएको इलाका प्रहरी कार्यलय पशुपतिनगरका इन्स्पेक्टर सन्तोष राईले जानकारी दिएका छन् ।