खानाको गन्धले पनि मान्छे मोटाउँछ

न्युजलय २८ पुस २०७९, बिहिबार ०१:२० मा प्रकाशित

एजेन्सी । अधिक तौल भएका मानिसका लागि खानाको गन्ध पनि निकै खतरनाक हुने एक अध्ययनले देखाएको छ ।

यस रिपोर्टका अनुसार खानाको गन्धले मुखमा र्‍याल र पेटमा गडबडी हुने गर्छ । यसले मस्तिष्कमा प्रतिक्रिया निम्त्याउँछ र प्यान्क्रियाजमा इन्सुलिन उत्पादन हुन्छ र वजन नियन्त्रण गर्न गाह्रो बनाउँछ ।

बासेल विश्वविद्यालयमा गरिएको अध्ययनले मुसालाई कृत्रिम खाना र वास्तविक खानाको सम्पर्कमा आएपछि उत्तेजक रसायनले इन्सुलिन उत्पादन मापन गरिएको थियो ।