काठमाडौं । बिहीबार(आज) सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।