बढ्यो सुनको मूल्य

न्युजलय २९ पुस २०८१, सोमबार ११:३८ मा प्रकाशित

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ।