धरानमा ग्यास लिक भएर आगलागी हुँदा २० लाखको क्षती

न्युजलय २१ भदौ २०८०, बिहिबार ०२:३१ मा प्रकाशित

 धरान । धरानमा बिहीवार आगलागी हुदा लाखौको क्षती भएको छ । 

धरान–१५ स्थित मदनआश्रति मार्गमा रहेको सीता धितालको काठको कच्ची तथा टिनको छाना भएको घरमा बिहान १० बजे खाना पकाउने क्रममा आगलागी भएको हो ।

आगलागीको मुख्य कारण एल पि खाना पकाउने ग्यास लिक भएर भएको र सोही आगलागीमा परि धितालले घरमा पालेको २ वटा खसी समेत मरेको छ भने घरमा रहेको लत्ताकपडा नगद तथा सुनचाँदी गरि २० लाख बराबरको क्षती बताइएको छ । 

उक्त आगलागीमा परि घर पूर्ण रूपमा नष्ट भएको छ भने आगालागी धरानका तीन वटा वारुण यत्र सशस्त्र प्रहरी जनपथ प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएको साशस्त्र प्रहरी बल धरान फुस्रेले जानकारी दिएको छ ।