काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक संजालबाट यस कुराको जानकारी दिएकी छन् ।
वर्षालाई बुधबार हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् ।
चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएका छन् । २७ वर्षिया अभिनेत्री पछिल्लो समय देश विदेश घुमघाममा व्यस्त थिइन् । वर्षा पछिल्लो समय वैवाहिक सम्बन्धलाई लिएर समेत चर्चामा छिन् ।