आगामी ३ दिन देशैभर भारी वर्षाको सम्भावना

न्युजलय ७ असोज २०८३, बुधबार ११:३७ मा प्रकाशित

 काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर मौसम बदली हुने र केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्यांगसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ ।