झापा । झापाबाट तास र नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन्। दमक नगरपालिका ५ का टेक वहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घरधनि ४६ बर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सुर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ बर्षीय प्रदिप थापा र कमल गाऊपालिका ५ का ३० बर्षीय सुरेश सुब्बा रहेका छन्।
मंगलबार बेलुका विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ३ बुक तास र नगद २९ हजार ७४५ रुपैयाँ सहित पक्राउ गरिएको हो।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।