सुनको मूल्य बढ्यो

न्युजलय ११ चैत २०८२, बुधबार १०:४९ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएपनि बुधबार भने बढेर कारोबार भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि भई तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको हो । 

आज चाँदीको मूल्यमा पनि बढेको छ । मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ ।