बराहक्षेत्र । वराहक्षेत्र धाममा हरिबोधिनी एकादशी मेलाको रौनक सोमवार देखि शुरु भएको छ । सनातनी नेपालीहरुले तुलसीको विवाह पर्वको रुपमा मनाउने एकदशीको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ ।
हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध छ । यसपाली हरिबोधिनी एकादशी कात्तिक २९ गते देखी मङसिर ३ गते पूर्णिमाको दिन सम्म ५ दिन सम्म मेला लाग्नेछ ।
कात्तिके मेलाको नाममा आयोजना हुने हरिबोधिनी एकादशी मेलाको महत्व बढेको वराहक्षेत्र संरक्षण मञ्चले जनाएको छ । प्रदेश १ को धार्मीक रुपमा प्रमुख तिर्थस्थल वराहक्षेत्रधाममा हरिबोधनी एकादशी मेलाको महत्व पनि ज्यादै रहनेछ ।
शास्त्रीय प्रमाणहरुको आधारमा वराहक्षेत्रमा वर्षनै कात्तिके मैलाको नाममा ठुलो एकादशीका दिन देखि पुर्णिमा सम्म ५ दिन मेला लाग्ने गरेको छ । माघे मेलामा कोका कौशिकिको संगम स्थलमा गएर स्नान गर्ने परम्पता रहेको छ भने हरिबोधिनी एकादशी मेलालाई भगवान बिष्णुको महिमासंग जोडिएको पाइन्छ ।
वराहक्षेत्र नगरपालीका वडा नं १ को वराहक्षेत्र मन्दिर परिषरमा लाग्ने हरिबोधिनी एकादशी मेलामा पुजा आर्चना र मेला भर्न ५ लाख भक्तजन आउने गरेको बिगतको तथ्य रहेको बताइएको छ । बिशेषगरी यस एकादशी मेलामा नेपालका तराई क्षेत्र र भारत, बंगलादेश लगायतका मुलुकहरुबाट तिर्थालुहरु आउने गर्दछन ।