कांग्रेस अधिवेशन झापामा थेवे बिजयी

न्युजलय १३ मङ्सिर २०७८, सोमबार १२:२१ मा प्रकाशित

झापा । नेपाली कांग्रेसको जिल्ला अधिवेशनका क्रममा झापामा दुई प्यानलबीच भएको निर्वाचनमा कृष्णप्रसाद सिटौला पक्षधरको विजयी भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र नेता सिटौला पक्ष खुलेरै दुई प्यानलमा चुनावी प्रतिष्पर्धामा थियो । दुई प्यानल विचको प्रतिष्पर्धाबाट सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । 

उनले १७६५ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनलाई नेता सिटौलाको समर्थन थियो । उनले आफना प्रतिद्धन्दी रामबहादुर कट्टेललाई २५० को मतान्तरले पराजित गरि जिल्ला सभापतिमा निर्वाचित भए । कटटेलले १५१५ मत प्राप्त गरे ।

यस्तै पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । मतपरिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई, केशवराज पाण्डे निर्वाचित भए । त्यस्तै, सचिवमा नवीन विमली र कृष्ण हुँमागाई निर्वाचित भए ।

सहसचिवमा कमल भण्डारी र कालेन्द्र राजवंशी निर्वाचित भएको जनाइएको छ ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनमा ३३११ मत खसेको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल बनाएर निर्वाचनमा होमिएको थियो ।

कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेदवार बनाइएको थियो ।