विदेश पठाउने भन्दै ठगी गर्ने दम्पत्ती पक्राउ

न्युजलय २९ बैशाख २०८०, शुक्रबार ०६:५० मा प्रकाशित

खोटाङ । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा खोटाङका एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३८ वर्षीय ज्ञानुकर्ण बेरी र उनकी ३० वर्षीय श्रीमती राधिका परियारलाई प्रहरीले पक्राउ गरेको हो ।


उनीहरुले विभिन्न व्यक्तिबाट पाँच लाख १५ हजार लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्की जानकारी दिए ।