काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो।
यो गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।