गायक राजु लामाको ‘ठूली’ गीत सार्वजनिक (भिडियोसहित)

न्युजलय १२ असार २०७९, आइतबार ०२:११ मा प्रकाशित

काठमाडौं । गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ गीत सार्वजनिक भएको छ ।

कौडा बुढा मगरको शब्द रहेको गीतमा गायक लामा र तारा शिरिष मगरले आवाज भरेका हुन् । गीतमा संगीत भने सरोज लामाको रहेको छ ।

अभिनेता आकाश श्रेष्ठ र बिना राउतको अभिनय रहेको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।