काठमाडौं । बिहीबार(आज) सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बढेर आज तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको हो ।