काठमाण्डौ । लगातार घटेको सुनचाँदीको मूल्य बिहिबार (आज) १४ सय रूपैयाँले बढेको छ।
बिहीबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला १३ सय पाँच रूपैयाँ पुगेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो। चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।