बन्दुकधारीको आक्रमणमा १४० जनाभन्दा बढीको मृत्यु

न्युजलय २५ पुस २०७८, आइतबार ०७:०१ मा प्रकाशित

एजेन्सी । नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट १४० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा भएका हिंसामा हत्या भएको हो ।

स्थानीय एक नेताले लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन्। सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले भने घटनाका बारेमा पुष्टि गर्न बाँकी रहेको समाचारमा जनाइएको छ।

आक्रमणकारीले मोटरसाइकलमा आएर १० गाउँमा आक्रमण गरेका थिए । उनीहरुले घर–घरमा गएर गोली प्रहार गर्ने, लुटपाट गर्ने गरेको स्थानीयको भनाइ छ।