उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १० स्थायी घर भएका टेकबहादुर सार्की पक्राउ परेका हुन् । बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको जाहेरीमा खुलाइएको छ ।
बालिकाको परिवारले दिएको लिखित जाहेरीपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले सार्कीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ती बालिकाको स्वास्थ्य परीक्षण गरेको छ ।
पक्राउ परेका सार्कीलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका पवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।