प्रकाश सपुत र वर्षा सिवाकोटी इटहरीमा

न्युजलय २३ असोज २०८०, मङ्गलबार ०८:४२ मा प्रकाशित

इटहरी । अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेस बंसलले इटहरीमा पत्रकार भेटघाट गरेका छन् । 


यहि असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ युनिट प्रचारप्रसार गर्दै टिमले पुर्वको केन्द्रको रुपमा रहेको इटहरीमा भेटघाट गरेका हुन् ।


अभिनेता प्रकाशले पनि आफ्नो साङ्गीतिक करियर सुरु हुँदै गर्दाखेरी छायांकन भएको फिल्म भएपनी कहिले नमर्ने नेपालीहरुको आफ्नै कथा परदेशी २ मा भएको बताए त्यस्तै अभिनेत्री वर्षाले ‘मौलिक नेपाली कथामा बनेको फिल्म भएको हुनाले सम्पुर्णले परदेशी २ हेर्न नछुटाउन’ अनुरोध गरिन् ।


इटहरीको विभिन्न मिडियामा अन्तर्वार्तापछि फिल्म युनिट धरानमा पत्रकार सम्मेलन तथा हल भिजिटमा गएको थियो । असोज २२ र २३ गतेका लागी पुर्व प्रचारप्रसारका लागी आएको फिल्म युनिटले २३ गते दमक र बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम गर्नेछ । 


नारायण रायमाझीले निर्देशन गरेको ‘परदेशी २’ फिल्मलाई रायमाझी र राजेस बंसलले संयुक्त निर्माण गरेका हुन् । नारायण इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्म ‘परदेशी २’मा प्रकाश र वर्षाको अलावा केकि अधिकारी, दिलिप रायमाझी, प्रशान्त तामांग, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्कीलगायतको अभिनय रहेको छ ।