फिदिम । विद्युत् सर्ट भएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का हर्कबहादुर चेम्जोङको घर जलेर नष्ट भएको छ ।
आइतबार साँझ करिब पाँच बजे भएको आगलागीका कारण घर र घर भित्र रहेको अन्नपात, लत्ताकपडा, नगद र सुनचाँदी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।
आगलागी हुँदा चेम्जोङ परिवारका ५ जना सदस्य घर विहीन भएका छन् ।