काठमाडौं । बिहीबार(आज) सुनको भाउ बढ्दा चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँ बढेको हो ।
सुन आज १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार पनि अघिल्लो दिनकै मूल्य तोलामा १ हजार ३७५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।