अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्यो, दैनिक १२ सयको मृत्यु

न्युजलय १५ पुस २०७८, बिहिबार ११:२० मा प्रकाशित

काठमाडौं । अमेरिकामा कोरोनाका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ । 

मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । अहिले पनि अमेरिकामा संक्रमणका कारण औषतमा दैनिक १२ सयको मृत्यु हुने गरेको छ । 

संक्रमण बढ्नुमा नयाँ भेरियन्ट ओमिक्रोन भाइरसलाई मुख्य जिम्मेवार मानिएको छ । ओमिक्रोनका कारण अमेरिकामा अस्पताल जाने बिरामीको संख्या न्यून भएपनि यसको संक्रमण दर भने तीव्र छ ।