करिश्मासँग सलोनले कसे लगनगाँठो

न्युजलय १२ मङ्सिर २०७९, सोमबार ०१:१५ मा प्रकाशित

काठमाण्डौ । अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । उनले सोमबार (आज) प्रेमिका करिश्मा केसीसँग लगनगाँठो कसेका हुन् ।  

सलोन र करिश्माको वैवाहिक समारोह अहिले चन्द्रागिरि रिसोर्टमा चलिरहेको छ । विवाहमा दुवै तर्फका आफन्त, सहकर्मी र नजिकका साथीभाई सहभागी छन् । 

सलोनले करिब तीन वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाह भोज भने १४ गते बुधबार राखिएको छ ।