काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् ।
उनीहरुले फूलपातीको अवसर पारेर विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्य मात्रै सहभागी थिए ।
उनीहरुले भदौ २६ गते इन्गेजमेन्ट गरेका थिए ।
भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र चर्चित गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको हो ।
कमलसँग गाएको ‘फिका फिका’ बोलको गीत हिट भएपछि मेलिना चर्चामा आएकी थिइन् । त्यति बेलादेखि नै उनीहरू नजिकिएका थिए ।
खत्रीले आफ्नो विवाहको भिडिओ समेत सार्वजनिक गरेका छन् ।