२०७८ साल मङ्सिर १३ गते सोमबार

तुलसी सेवन गर्ने चार तरिका, ठिक हुन्छ चार गम्भीर बिमारी

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०७:१७ मा प्रकाशित

तुलसीका आयुर्वेदिक फाइदा तथा गुणहरु धेरै छन् । कतिपयले त जाडोमा चियामा पनि तुलसी राखेर बताउँछन् । तुलसी दूधसँग कसरी खाने भन्ने कुराले यसले गर्ने फाइदालाई पनि निर्धारण गर्छ । तुलसी सेवन गर्ने चार तरिकाः

माइग्रेन छ वा टाउको निरन्तर दुख्छ भने तुलसीको पत्तालाई दूधमा मिसाएर बेसार हालेर खानाले धेरै फाइदा पुग्छ । 

तुलसीमा एन्टि इन्फ्लेमेटरी गुण हुन्छ । हाम्रो शरिरमा कतै पोलिरहेको छ वा भित्र दुखिरहेको छ भने यसको सेवनले ठिक हुन्छ । 

फ्लूहरुबाट बच्न पनि तुलसीको पत्ता दूधमा हालेर खान सकिन्छ ।

मिर्गौलामा स्टोनको समस्या देखिएको छ भने पनि तुलसीको पात दूधमा हालेर खाँदा निकै फाइदा हुन्छ । यसको नियमित सेवनले मिर्गौलामा भएको पत्थरी गल्न थाल्छ । 

तुलसीमा धेरै एन्टिबायोटिक गुण हुन्छन् । दूधमा तुलसीको पात हालेर खाने हो भने क्यान्सरजस्ता गम्भीर रोगहरुबाट पनि छुटकारा पाउन सकिन्छ ।