काठमाडौं । आज सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो। यो सँगै एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० कायम भएको छ।
यसैगरी महासंघका अनुसार चाँदी तोलामा ४० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।