प्रदेश १ मा आज १३ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०७:५४ मा प्रकाशित

इटहरी । प्रदेश १ मा आज १३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


३४६ जनाको पीसीआर परीक्षण गर्दा ११ र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयको अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा सङ्क्रमण देखिएको हो ।  


प्रदेश १ मा आज २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।