मोबाइल लुटेर फिरौती मागेको आरोपमा विराटनगरबाट तीन जना पक्राउ

न्युजलय २९ जेठ २०८२, बुधबार ०१:४६ मा प्रकाशित

विराटनगर । मोबाइल लुटेर फिरौती मागेको आरोपमा विराटनगरबाट तीन जना पक्राउ परेका छन्। प्रहरीले भारतीय नागरिकसँगको मिलेमतोमा मोबाइल लुटेर फिरौती रकम माग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। 

विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भारतीय नागरिक २२ वर्षीय गोलु सिंह फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।