भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने अहिलेसम्म नआएको जनाइएको छ ।
काठमाण्डौ । शुक्रबार(आज) बिहान भारतमा भूकम्प गएको छ । म्यानमार र भारतको सीमा क्षेत्रमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको केन्द्रबिन्दु रहेको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस गरिएको समाचार एजेन्सीहरूले जनाएका छन् । भारतको कोलकाता लगायत नेपालको पनि पूर्वी क्षेत्रमा महसुस गरिएको जनाइएको छ।
भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने अहिलेसम्म नआएको जनाइएको छ ।