घट्यो सुन–चाँदीको भाउ

न्युजलय १४ फाल्गुण २०७९, आइतबार ०५:४६ मा प्रकाशित

काठमाण्डौ । आइतबार(आज) सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको १ लाख २ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।