कटारीको होटल एक युवकको मृत्यु

न्युजलय १५ भदौ २०८०, शुक्रबार ०१:४१ मा प्रकाशित

  उदयपुर । कटारी नगरपालिकामा एक होटल मजदूरको करेन्ट लागेर मृत्यु भएको छ । 

कटारी बजारमा रहेको मनकामना होटलमा नौ महिना अघिदेखि कामगर्दै आएका १८ वर्षिय प्रदिप मगरको होटलमा कामगर्दै गर्दाको अवस्थामा करेन्ट लागेर घाइते भएकोमा उपचारकालागि कटारी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी नपा–४ स्थित अम्बर बहादुर श्रेष्ठद्धारा संचालन गरेको मनकामना होटलमा कार्यरत प्रदिप बलम्पाकी मगरलाई करेन्ट लागेर हातमा पोलेको र घाइते भएपछि अस्पताल लैजादै गर्दा बाटो मै ज्यान गएको हो ।