आजको सुनचाँदीको मुल्य

न्युजलय ६ चैत २०८१, बिहिबार ११:४३ मा प्रकाशित

काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजारमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि सुन तोलाको सोहि मुल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भईरहेको छ ।