काठमाडौं । मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला चार हजार २ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।