गुडिरहेको गाडीबाट खसेर कलेज पढ्ने छात्राको मृत्यु

न्युजलय ८ मङ्सिर २०७८, बुधबार १२:३३ मा प्रकाशित

जनकपुरधाम । गुडिरहेको गाडीबाट खसेर धनुषामा एकजनाको मृत्यु भएको छ । 

बुधबार(आज) पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको धारापानीमा गुडिरहेको विङ्गगरबाट लडेर एक १८ वर्षीया छात्राको मृत्यु भएको हो ।

धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका–७ भगवानपुरी पूजा कुमारी महतो आज बिहान मृत्यु भएको हो । 

ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । 

पुजाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र विंगर चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ