गुजरातमा थप दुई जनामा ओमिक्रोन

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार ०२:५८ मा प्रकाशित

काठमाण्डौ ।  भारतको गुजरातमा थप दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ। 

उनीहरु ओमिक्रोन संक्रमितहरुको सम्पर्कमा रहेको र उनीहरुबाटै सरेको हुनसक्ने बताइएको छ। योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २५ पुगेको भारतीय सञ्चारमाध्यहरुमा खबर छ।

गुजरातको जामनगरमा ओमिक्रोनको दुई नयाँ केस भेटिएको हो। केही समयअघि सोही स्थानमा अर्का एक व्यक्तिमा ओमिक्रोन संक्रमण देखिएको थियो। गुजरातमा मात्र ओमिक्रोन भाइरसबाट संक्रमित हुनेको संख्या तीन पुगेको छ।