काठमाडौँ । बिहिबार (आज) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ ।