इटहरी । जयभीमा फाउन्डेसनले इटहरी उपमहानगरपालिका वडा नम्बर १३ का ८५ परिवालाई न्यानो कपडा सहयोग गरेका छन् ।
सो वडाका गरिब तथा विपन्न परिवारलाई जाडोले परेको प्रभावलाई कम गर्न न्यानो कपडा वितरण गरिएको फाउन्डेसनका अध्यक्ष रोहित प्रसाइँले जानकारी दिए ।
उनका अनुसार फाउन्डेसनले सुनसरीका सबै स्थानीय तहमा जाडोका कारण प्रभावित बनेका स्थानीयलाई सहयोग गर्ने छ । यसका साथै फाउन्डेसनले रोजगारी सृजनामा पनि सहयोग गर्ने उनको भनाइ छ ।
फाउन्डेसनले स्थापनाको पहिलो कार्यक्रमको रुपमा न्यानो कपडा वितरण गरेको उनले जानकारी दिए । नेपाली काँग्रेसका नेतासमेत रहेका प्रसाइँले यो कार्यक्रम विशुद्ध सामजिक कार्यभएको दावि गरेका छन् ।
उनले फाउन्डेसनमा आफ्नो राजनैतिक सुगन्ध आउन नदिने बताए । आफैँले ३० लाख रुपैयाँ फाउन्डेसनका लागि छुट्याएको उनले बताए ।
यसका साथै वार्षीक ३० लाख फाउन्डेसनको खातामा जम्मा गर्ने र त्यसैबाट सहयोग गर्ने उनले जानकारी दिए । यसैरी कसैले फाउन्डेसनलाई सहयोग गर्न चाहे स्वागत गरिने समेत उनले बताए ।