सुनको मूल्य फेरि बढ्यो

न्युजलय १० चैत २०७९, शुक्रबार ०५:१३ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) सुनको मूल्य फेरि उकालो लागेको छ।  बिहीबार १२ सय रुपैयाँले बढेको सुन आज ८ सयले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० पुगेको हो।

यस्तै तेजाबी सुन १ लाख ९ हजार ३०० पुगेको छ।

आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।