ओमिक्रोन भेरियन्ट बंगलादेशमा पनि भेटियो

न्युजलय २६ मङ्सिर २०७८, आइतबार ०१:०५ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ। 

बंगलादेश सरकारले नयाँ भेरियन्टका संक्रमित भेटिएका जनाएको छ। स्वास्थ्यमन्त्री जाहिद मलेकले दुईजनामा नयाँ भेरियन्ट पुष्टि भएको शनिबार जानकारी दिएका हुन्।

उनका अनुसार यहाँको क्रिकेट टिमका दुईजना क्रिकेटरमा सो संक्रमण भेटिएको हो।

स्वास्थ्यमन्त्री मलेकले ती दुई खेलाडी हालै जिम्बावेबाट फर्किएका थिए। उनीहरूको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको बताइएको छ।