सिराहामा ट्रकमा आगजनी

न्युजलय १९ पुस २०७८, सोमबार ११:१५ मा प्रकाशित

लाहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको मिर्चैया नगरपालिका– ६ बतहा पुलमा अज्ञात समूहले एउटा ट्रकमा आगजनी गरेको छ । 

हिमालय सुगर मिलमा उखु अनलोड गरेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १००९ नम्बरको ट्रकमा सोमबार (आज) बिहान अज्ञात समूहले आगजनी गरेको हो । आगजनीका कारण ट्रकको अगाडिको भाग जलेको छ । 

ट्रकमा लगाइएको आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ट्रकमा आगजनी गरेको व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यसअघि जनमत पार्टीका कार्यकर्ताले घोषित किसान आन्दोलन उल्लंघन गरेको भन्दै सिराहाको चोहर्वामा एक ट्रकमा आगजनी गरेको थियो ।