झापामा ब्राउन सुगरसहित चार जना पक्राउ

न्युजलय १८ बैशाख २०८०, सोमबार १२:०६ मा प्रकाशित

झापा । झापामा ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ९ निवासी २८ वर्षीय अरुण दनुवार, सोही ठाउँका २३ वर्षीय आश्विन राई, कमल गाउँपालिका–६ निवासी २५ वर्षीय न्युसन राई र दमक–२ निवासी २० वर्षीय अभिषेक राई छन् ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।