काठमाडौं । लागूऔषध ब्राउन सुगरसहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दमक नगरपालिका ९ बाट भारतको विहार किशनगन्जस्थित नबाबगन्ज ५ लोहारपट्टी घर भई हाल दमक ४ मा बस्दै आएका ३४ वर्षीय मोहमद इस्ताकलाई प्रहरीले पक्राउ गरेको हो।
शंका लागी चेकजाँच गर्ने क्रममा बिहीबार १ बजेतिर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट ब्राउन सुगर दुई ग्राम र २५ सय नगद बरामद भएको प्रहरीको भनाइ छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।