२०७८ साल मङ्सिर १३ गते सोमबार

यस्ता छन् जाडो मौसममा अदुवा खानुका फाइदा

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०६:५० मा प्रकाशित
हरेक नेपालीको भान्छामा दिनहु अदुवाको प्रयोग गरिन्छ । अदुवा खानालाई स्वादिस्ट बनाउनको लागि मात्र नभई औषधिको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । अदुवामा पाइने विभिन्न पोषण तत्वका कारण अहिले मानिसहरुले विभिन्न समस्या समाधानको लागि पनि प्रयोग गर्छन् । 
 
अदुवामा एन्टिफंगल, एन्टिब्याक्टेरियल तत्व पाइन्छ जसले शरीरमा विभिन्न संक्रमण हुनबाट जोगाउँदछ। अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । यस्ता छन् अदुवाका फाइदाः

दम खोकीमाः एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहानरवेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ ।

उल्टीः अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ ।

हृदयरोगः अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ।

भोक नलाग्ने समस्याः अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ र त्यसले भोक जाग्दछ।

पेटको ग्यासः आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न।

रुघा-खोकीः २० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।

खोकी र सासको रोगः अदुवा र तुलसीको रसमा मह मिलाएर पिउँदा खोकी र सासको रोग निको हुने विश्वास गरिन्छ।

भोक नलागेमा वा पेट सफा नभएमाः भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ ।